
कतारमा भाइरस संक्रमीत हुनेको संख्या ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा ६९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १,४६८ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९५,१०६ पुगेको छ ।
भाइरसकै कारण आज ३ जनाको पनि ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३,५०६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ११३ रहेको छ र निको हुनेको संख्या ८०,१७० पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ९३ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ९१४ जना
आईसीयुमा भर्ना भएका – ९ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २०३ जना
आज सम्म जाँच भएको संख्या – ३,५२,६५९ जना
निको हुन बाँकीको संख्या – १४,८२३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर