देशलाई भ्रष्टाचार मुक्त बनाउँछु,अनुहार नहेरी अपराध गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं,पुस २-

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं । देशको अवस्था सच्याउनुछ । गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । देशलाई भ्रष्टाचार मुक्त बनाउनुछ । मैले भनेको छु– भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’ प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन कर्मचारीहरुले पनि नपाउने बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button