यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

काठमाडौं,पुस २-

मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

भारतका लागि पारुनिका सिसोदियाले तीन विकेट लिइन् । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button