जिसीसी सम्मेलन : ताजा अपडेट

करिब ३६ वर्ष(सन् १९८१) अगाडि स्थापना भएको खाडी समन्वय परिषदमा साउदी अरब सहित कतार, बहराइन,ओमान,युएई, कुवेत राष्ट्र समावेस छन्।परिषदले यी ६ राष्ट्र भित्रको सामाजिक,सांस्कृतिक,सुरक्षा,आर्थिक लगायतका मामिला विस्तार गर्न समन्वय गरी वार्षिक रुपमा सम्मेलन आयोजना गर्दै आइरहेको छ।

छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन र इजिप्ट द्वारा गत जुन ५ देखि कुटनीतिक सम्बन्ध तोड्दै कतार माथिको नाकाबन्दी सुरु भएको थियो।त्यसको ठीक ६ महिना पछि अहिले केही बेरमा सुरु हुन लागेको ३८ औं खाडी राज्य सहयोग परिषद (जिसीसी)को सम्मेलन बारे  अल जजिरा बाट साभार गर्दै तयार पारिएको ताजा अपडेट यस्ता छन् :

१४.भविष्यमा आउने संकटको समस्या समाधान गर्न कुवेतले विशेष कार्य समिति गठन गर्ने।

१३. जिसीसीको संरचना बदल्न आवश्यक :कुवेती अमिर

१२. ३८ औं खाडी राज्य समन्वय परिषद (जिसीसी) को समापन।

११.जिसीसीको उज्ज्वल भविष्य बारे उपयुक्त निर्णय आउनेमा आफू आशावादी रहेको कतारको अमिर शेख तमिम बिन हमद अल थानीले मिडियालाई जानकारी दिनुभएको छ।

१०.खाडी समस्या सुल्झाउन कुवेत द्वारा जारी मध्यस्तताको प्रयासलाई नकार्दै युएई र साउदी अरेबियाले गरेको कार्य बाट जिसीसीको भविष्य अन्योलमा।

९.कुवेतलाई सदस्य राष्ट्रहरुले सम्मेलनमा उच्चस्तरीय प्रतिनिधि पठाउने वाचा गरिएपनि साउदीले राज परिवारको कुनै सदस्य नपठाई विदेशमन्त्री पठाएको छ।त्यस्तै बहराइनले तेस्रो श्रेणीको राजनीतिज्ञ र उपप्रधानमन्त्री पठाएको छ भने युएईले एक महत्वपूर्ण मन्त्री समेत पठाएको छैन।

८.सम्मेलनमा सहभागी राजनीतिक विश्लेषकहरूले युएई,बहराइन र साउदी अरेबियाले खाडी राज्य सहयोग परिषद(जिसीसी) विघटन भएको अनौपचारिक घोषणा गरेको बताएका छन्।

७. अमिर शेख तमिम हमद अल थानी सम्मेलनको सभाहलमा पुग्नुभएको छ।

६.ओमानको उपप्रधानमन्त्री सम्मेलन पुगेका छन्।उनले जिसीसीको भविष्यको लागि कुवेतले गरेको कार्यको उच्च प्रशंसा गरेका छन्।साथै ओमानले पनि सक्दो सहयोग गर्ने बताएका छन्।

५.दुई दिनको लागि भनी आयोजना गरिएको सम्मेलन आजै समापन गर्ने भएको छ।साउदी को राजा नआउने,उपप्रधानमन्त्री पठाइयो।

४.युएई र साउदी अरेबिया जिसीसी बाट छुट्टिएर नयाँ सैन्य तथा आर्थिक साझेदारी गरिएको घोषणा।साउदी बाट आधिकारिक निर्णय आउन बाँकी।

३. ३८ औं खाडी राज्य सहयोग परिषद आज आयोजना हुँदै।

२.साउदी  राजा सहभागी हुनेमा कुवेत आशावादी,घोषणा हुन बाँकी।

१.सम्मेलन बारे पत्रकार सम्मेलन भोलि १० बजे आयोजना हुने।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button