कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीका लागि निःशुल्क टिकट दिने

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ । एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट सुरु गर्ने भएको हो । होलिडे प्याकेजका लागि ६ दिनभित्र बुकिङ गरिसक्नुपर्नेछ ।
Don’t forget, our #ThankYouHeroes initiative to give away 100,000 return tickets with #QatarAirways is open to nurses and other frontline healthcare professionals around the world. Register from today until 18 May at https://t.co/DmXa4ZXLqp. #IND2020 pic.twitter.com/vYKCbdmQLh
— Qatar Airways (@qatarairways) May 12, 2020
सो योजनामा एक स्वास्थ्यकर्मीसँग अर्को १ सदस्य पनि रहन पाउने जनाइएको छ । निःशुल्क टिकट प्राप्त स्वास्थ्यकर्मीहरुले कतार एयरले उडान भर्ने विश्वका जुनसुकै मुलुकहरुमा पनि जान पाउने छन् । डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुका लागि ल्याइएको यो योजना डिसेम्बर २२ सम्म लागू हुने जनाइएको छ । कोभिड–१९ ले परेको असरलाई न्युनिकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई हौसला दिन यो योजना अघि सारिएको कतार एयरवेजले जनाएको छ ।