यस्तो छ धरहरामा सवारी पार्किङ गर्दा लाग्ने शुल्क

काठमाडौँ, मंसिर ८-
धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निःशुल्क रूपमा धरहरामा पार्किङ गर्ने गरी पार्किङ खुला गराएका थिए ।
अब धरहराको पार्किङमा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको जनाइएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।