कामदार तस्करी गर्ने १९ जना पक्राउ

राहदानी महानिर्देशनालयको खोज तथा अनुगमन विभागले कामदार तस्करी गर्ने १९ जनालाई पक्राउ गरेको छ ।
आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार अफ्रिकी मुलका ती व्यक्तिहरुले घरेलुु कामदारलाई राम्रो कामको लोभ देखाएर काम गरिरहेको स्थानबाट भाग्न लगाई अल सलाता क्षेत्रको एक भाडाको घरमा लुकाउने गरेका थिए ।
अभियुक्तलाई तस्करी मुद्दा सुरु गर्न अहिले हिरासतमा राखिएको छ ।
अवैध कामदारसँग व्यवहार नगर्न मन्त्रालयले सबैमा आग्रह समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
17
मनपर्यो
46
खुसी लाग्यो
1
दुःख लाग्यो
6
रुन मन लाग्यो
1
हाँसो लाग्यो
1
रीस उठ्यो