दैनिक कोरोना संक्रमितको संख्या एक हजार भन्दा तल

दैनिक कोरोना संक्रमितको संख्या एक हजार भन्दा तल झरेको ।
आज देशभर थप ९०३ जनामा कोरोना भाइरस संक्रमण र २,३१४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ७४६ जना स्थानिय र १५७ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,४४,७११ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २२,७६५ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – १६१ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ४४ जना
निको हुनेको संख्या : ३,२९,८५३
आज सम्म खोप वितरण : ५९,५५,०३३
बुस्टर डाेज खोप वितरण : ९,३१,४१८
आजको खोप वितरण :६,२७६
निको हुन बाँकीको संख्या : १४,२०६
ज्यान जानेको संख्या : ६५२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment