भानुआटुमा भूकम्प: १४ जनाको मृत्यु, २०० घाइते

काठमाडौं, मंसिर ३-

भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । उद्धार कार्य जारी छ ।

७।३ म्याग्निच्युडको उक्त भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

शक्तिशाली भूकम्पको धक्काले भवनहरू ध्वस्त भएका छन् । सात दिनका निम्ति ‘आपत्कालीन अवस्था’ लागु गरिएको भानुआटु प्रहरीले जनाएको छ । मानिसको आवतजावतलाई सीमित गर्न यस्तो गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भानुआटु दक्षिण प्रशान्त क्षेत्रमा ८० साना टापुको एक देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा अवस्थित छ ।

यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । यहाँ भूकम्प र अरू प्राकृतिक प्रकोप ठूलो संख्यामा निम्तने गर्छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button