२१ रनको जितसँगै कर्णाली क्वालिफायरमा, चितवन बाहिरियो

काठमाडौँ, पुस ३-
चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार मध्याह्न कर्णालीले २१ रनको जितसँगै क्वालिफायरमा स्थान पक्का गरेको हो । हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पच्छ्याएको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । कर्णालीले अब आजै केही बेरपछि हुने पहिलो क्वालिफायर हार्ने टीमसँग खेल्ने छ । पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्नेका लागि अर्को एक मौका हुने छ । पुस ६ गते एनपीएल पहिलो संस्करणको फाइनल हुने छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो