विपन्नलाई न्याना कपडा वितरण

मुगु, पुस ३-
चिसोले कष्टकर दिन कटाइरहेका यहाँका दलित बस्तीका नागरकि र विद्यार्थीलाई चिसो छल्न न्याना कपडा वितरण गरिएको छ ।
काठमाडौंँको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शविकुमार पन्तको सहयोगमा र मुगुमा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु गाउँका दलित समुदायसँंगै उक्त गाउँमा रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको हो ।
पन्तले मङ्गलबार मुगुम कार्माराङ–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायलमा पुगी १२८ विद्यार्थीलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा–१३ लापु दलित बस्ती र लापुमै रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत ३० विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गर्नुभएको हो ।
लापु गाउँको दलित बस्ती अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विभिन्न सञ्चारमाध्यमा समाचार आएपछि आफूलगायत वैदेशकि रोजगारीमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनीहरुका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी साम्रगी सहयोग गरेको उहाँले बताउनुभयो । रासस
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो