एनआरएनएलाई सडेन डेथमा हराउँदै आयोजक रातो सेमिफाइनल प्रवेश
६ डिसेम्बर देखि सुरु भएको तेस्रो सीएफसी फुटबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा आयोजक रातोले एनआरएनएलाई सडेन डेथमा पराजित गरेको छ ।उक्त खेलमा अर्जुन चौधरी म्यान अफ द म्याच घोषित भए I
दोस्रो खेलमा आयोजक निलोलाई रसलाफान क्लबले शुन्यका विरुद्द १ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच उपेन्द्र राई बनेका थिए ।
अर्को निकै प्रतिस्पर्धात्मक खेलमा एबिएफसीले नाइन स्टारलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एबिएफसीका गोलरक्षक लोकेश अधिकारी बन्न सफल भए।
क्वाटरफाइनल अन्तर्गतको अन्तिम खेलमा पेट्रो एफसीले बर्वालाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । जसमा खेलको म्यान अफ द म्याच शुरेश रामदाम भए I
सेमिफाइनलको दुबै खेल आउने शुक्रबार ४ बजे देखि मिसाईद खेल मैदानमा हुँदैछ । जसमा आयोजक रातोले एबिएफसी संग र पेट्रो एफसीले रसलाफानको प्रतिस्पर्धा गर्नेछ ।