डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश

सिड्नी, मंसिर १-

दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दालाई सम्भावित डढेलो ९बुशफायर०को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायका निम्ति आपत्कालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनीकरणको सुरक्षित विकल्प अन्यत्र जानु भएको उल्लेख गरेका छन् । अवस्था धेरै बिग्रन सक्ने र यहीँ बसेमा आपत्कालीन सेवा समेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी डढेलोको खतरा रहेको पूर्वानुमान गरेको छ । मेलबर्नबाट करिब १०० किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको डढेलोसँग लड्न २० भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।

अधिकारीहरूले मुलुकभर सतर्कता अपनाउन सुझाव दिएका छन् । भिक्टोरियाका धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानसँगै आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ । राससरसिन्ह्वा

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button