बिज्ञापन

कांग्रेस सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी

काठमाडौं, मंसिर ५-

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो ।

बजगाईले सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै लेखेका छन्-‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु ।’

बजगाईले आरोप लगाएपछि मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!