बिज्ञापन

सिएफसी फुटबल : उपाधिका लागि पेट्रो क्लब र आयोजक रेड भिड्ने

कतारमा नेपाली समुदायबिच जारी तेस्रो सिएफसी नकआउट फुटबलको उपाधिका लागि सिएफसी रेड र पेट्राे एफसी भिड्ने भएका छन् ।

मिसाइद स्पोर्ट्स कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा आयोजक रेडले एबिएफसी क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै टिम बाट गोल नभएपछि खेल सडेन डेथमा पुग्दा आयोजक रेडले एबिएफसीलाई ८-७ गोलले हराएको थियो । सो खेलमा विजेता टिमका आषिश सिवाकोटी म्याद अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा पेट्रो एफसीले रसलाफान क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । उक्त खेलमा पेट्रोका गोलरक्षक सुरेश विश्वकर्मा उत्कृष्ट घोषित भए ।

प्रतियोगिताको फाइनल खेल र समापन समारोह जनवरी १० तारिक मिसाइद खेल मैदानमा दिउँसो ११ बजे बाट सुरु हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
8
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button