भरतपुरमा पौष १२ गतेदेखि राइनो कप महिला भलिवल हुँदै

चितवन, मंसिर २५–

राइनो कप खुला महिला भलिवल प्रतियोगिता पौष १२ गतेदेखि हुने भएको छ । हिमालय भलिवल क्लब भरतपुर–१३ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

पौष १२ देखि १४ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताका खेलहरु हिमालय दण्डपाणी मावि भरतपुर १३ को मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने कार्यक्रम संयोजक रामहरि ढकालले जानकारी दिए । केही टिममा राष्ट्रिय खेलाडीहरु समेत रहनेछन् ।

सहभागी हुने सबै टोलीको टुङ्गो केही दिनमा लाग्ने ढकालले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित ५५ हजार ५५५ तथा उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलसम्म स्थान बनाउने थप दुई टोलीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट सेटर, स्पाईकर, सर्भर, लिबरो, र प्रशिक्षकले २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको कार्यक्रम संयोजक ढकालले बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button