पेट्रो एफसीले जित्यो नकआउट फुटबल प्रतियोगिताको उपाधि

सिएफसी नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि पेट्रो एफसीले जितेको छ ।

दोहा स्पोर्ट्स स्टेडियममा हिजो भएको फाइनल खेलमा पेट्रोले आयोजक रातोलाई १-० गोल अन्तरले पराजित गरेको छ । पेट्रोको जितका लागि गणेश हेमरानले १५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्न पुग्यो ।

विजेता पेट्रोले ६,६६६ कतारी रियाल नगद संगै ट्रफी जित्न सफल भयो । पेट्रोकै सन्तोष भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button