‘स्पोर्ट्स डे’ को दिन दूतावास बन्द हुने

कतारस्थित नेपाली दूतावास फेब्रुअरी ११,मंगलबारको दिन बन्द हुने भएको छ ।

दूतावासले आज एक सूचना जारी गर्दै सो दिन कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा कार्यालय बन्द रहने जनाएको हो । साथै उक्त दिनको लागि राहदानी फारम भरेका सेवाग्राहीलाई फेब्रुअरी १३ तारिक बिहीबार कार्यालय आउन दूतावासले भनेको छ ।

कतारले हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवसको अवसरमा सार्वजनिक बिदा दिंदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button