कबवेबले दोहामा पहिलोपटक प्रस्तुति दिने

नेपालको दिग्गज रक ब्यान्ड कबवेबले दोहामा पहिलोपटक प्रस्तुति दिने भएको छ ।

दोहास्थित भिआइपी होटेलमा रहेको प्लानेट लन्ज एन्ड क्लबले आयोजना गरेको “रक नाइट”मा प्रस्तुति दिन ब्यान्ड कतार आउँदैछ ।

कार्यक्रम हेर्न जोडीका लागि १ सय, पुरुषका लागि ७० र महिलाका लागि ५० कतारी रियाल शुल्क तोकिएको छ । जनवरी ३१ मा हुने कार्यक्रम साँझ ८ बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

नेपाली संगीत क्षेत्रमा तीन दशक बिताईसकेको ब्यान्डको मार्यो नि मार्यो,तिम्रो माया,मर्सिडिज बेन्ज,हिड्छु सधै,मेरो लागि,प्रितकाे नशा लगायतका गितहरु सबैभन्दा चर्चित छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button