बिज्ञापन

१७ वर्षीय कतारी युवा माथि सिंहको आक्रमण

कतारको उम्म सलाल क्षेत्रमा एक १७ वर्षीय युवा सिंहको आक्रमणबाट गम्भीर घाइते भएको समाचार बाहिर आएको छ ।अरबी पत्रीका अल शर्क दैनिक ले प्रकाशित गरेको खबर अनुसार करिब दुई साता अघि उक्त घटना भएको हो ।

घाइते युवाकी आमाका अनुसार आफ्नो उनका छोराले दुई वर्ष अघि चार महिनाको सिंह पालेका थिए। तर एलर्जी देखिएपछि एक अनुभवी पशु प्रशिक्षकको हेरचाहमा सिंह सुम्पिएको थियो। सो अन्तरालमा युवाले सिंहलाई तीन पटक मात्र भेट्न गएका थिए । तर चौथो भेटमा आफ्नो सिंहले नभई प्रशिक्षकले पाल्ने गरेको अर्को ७ वर्षिय सिंहले उनिमाथि आक्रमण गरेको थियो।

हमाद अस्पतालमा घाइते युवक

आक्रमणको समयमा सिंहले युवाको टाउको र शरीरमा नङ्ग्रा र दाँत गाडेर गहिरा घाउ बनाएको थियो। उनलाई तत्काल हमाद अस्पतालको इमर्जेन्सीमा लगिँदा टाउकोमा आंशिक फ्र्याक्चर, आँखाको वरिपरि हड्डी भाँचिएको र शरीरको अन्य भागमा गहिरो घाउ थियो। ४ दिन आइसियु र १२ दिनको विशेष उपचारपछि यतिबेला ती युवा घर फर्किएका छन्।

युवाकी आमाले उनको स्वास्थ्य स्थिर भए पनि अहिलेसम्म उपचार चलिरहेको र बायाँ आँखा ६ महिनासम्म बन्द राख्नु पर्ने बताइन्। उनले यो आक्रमण उनका छोराको सिंहले नभई  प्रशिक्षकको सिंहले गरेको स्पष्ट पार्दै सम्बन्धित निकायले जाँच गरिरहेको बताइन्। साथै उनले चिकित्सक टोलीप्रति आभार जनाइन्।

यस घटनाले कतारमा वन्यजन्तु पालन र सुरक्षित व्यवस्थापन प्रति चासो बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
30
खुसी लाग्यो
दुःख लाग्यो
40
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button