‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसनमा कसरी सहभागी हुने ?

इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको दुई रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन पहिलोपटक कतारमा हुँदैछ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै शोका विजेताले एक करोड, उपविजेताले २५ लाख र दोस्रो उपविजेताले १० लाख र टप टेन प्रतिस्पर्धीले एक एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फेब्रुअरी २१ मा आइडियल ईन्डियन स्कुलमा हुने अडिसन बारे सम्पुर्ण जानकारी आयोजकले केही दिनमा पत्रकार सम्मेलन मार्फत दिनेछ । अडिसनमा भाग लिन अनिवार्य रुपमा फारम भरेर नाम दर्ता गर्नुपर्ने आयोजकले बताएको छ ।

दुई विधामा अडिसनबाट छनौट भएका ५/५ जनालाई आयोजकले आफ्नै खर्चमा थप प्रतिस्पर्धाका लागि काठमाडौं लानेछ ।

अडिसनमा भाग कसरी लिने ?

१. आयोजक वेबसाईट मार्फत अनलाइन नाम दर्ता गर्ने ।

इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको वेबसाईटमा गएर रिजिस्टरमा थिच्ने । त्यसपछि आएको दुई विधा मध्ये आफुले चाहेको विधामा जाने । त्यहाँ सोधिएको विवरण भरेर बुझाउने । रातो स्टार भएको विवरण अनिवार्य रुपमा भर्नुपर्नेछ ।

२. भौतिक रुपमा फारम भरेर बुझाउने ।

फारम डाउनलोड गरेर प्रिन्ट गर्ने । सोधिएको विवरण भरेर ३०८४८३०३ नम्बरको व्हाट्सएपमा पठाउने । रातो स्टार भएको विवरण अनिवार्य रुपमा भर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button