पासपोर्ट लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये ७,७१३ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।
पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी अहिले बिदाको दिन बाहेक हरेक दिन ९ देखि ३:३० बजे सम्म वितरण हुनेछ।
राहदानी लिन आउँदा आफ्नो काेड नम्बर रसिदमा लेखेर आउन पनि दूतावासले आग्रह गरेको छ ।
राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस । सर्च बक्समा आफ्नो नाम हालेर राहदानी आएको नआएको पत्ता लगाउन सकिन्छ वा माथि स्क्रोल गरेर आफ्नो नाम हेर्न पनि सक्नु हुनेछ ।
यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतीक्षा गर्नु हुन राजदूतावासले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
23
मनपर्यो
1
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
0
रीस उठ्यो