अवैध व्यक्तिलाई आममाफी दिने कतार सरकारको घोषणा
आममाफीको समयसीमा फेब्रुअरी ९ देखि मे ९ सम्म रहनेछ

कतार सरकारले अवैध कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।
आईडीको म्याद सकिएका,बिना वर्क परमिट काम गरिरहेका,कम्पनी छोडेर भागेका र फेमिली भिसाको नियम पालना नगरेका गैरकानुनी हैसियतका व्यक्तिलाई सरकारले बिना कैद र बिना जरिवाना सहितको कानुनी हैसियत संशोधण गर्न लागेको आन्तरिक मन्त्रालयले बताएको छ ।
सरकारले यो प्रक्रियाको लागि फेब्रुअरी ९ देखि मे ९ सम्मको समयसीमा तोकेको छ ।
The Ministry of Interior announces a grace period for violators of Law No. (21) of 2015 regulating the entry, exit, and residence of expatriates, to facilitate their departure. This applies to those who have violated provisions of the law related to residency or have overstayed… pic.twitter.com/FChHV7MsRR
— Ministry of Interior – Qatar (@MOI_QatarEn) February 8, 2025
आममाफी प्रक्रियामा सहभागी हुन त्यस्ता व्यक्ति सिधै हमाद अन्तर्राष्ट्रिय विमानस्थल जान वा सल्वा रोड स्थित सर्च एन्ड फलो अप डिपार्टमेन्टमा दिउँसो १ देखि बेलुका ९ बजे भित्र गएर आवेदन पेश गर्न मन्त्रालयले सुझाएको छ ।
आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्ने सन् २०१५ को कानून नं २१ को प्रावधान अन्तर्गत प्रक्रिया सुरु गरिएको मन्त्रालयले बताएको छ । साथै यस अभियानमा सहभागी भई जरिवाना तथा कानुनी कारबाहीबाट बच्न मन्त्रालयले सम्पुर्ण गैरकानुनी नागरिकलाई आग्रह समेत गरेको छ ।