रमादान महिना मार्च १ देखि सुरु हुने

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमादान महिना खगोलिय हिसाब अनुसार यो वर्ष मार्च १ तारिक देखि सुरु हुने अनुमान गरिएको छ।

कतार क्यालेन्डर हाउस र कुवेतको अल-अजारी वैज्ञानिक केन्द्रको सहकार्यमा भएको खगोलीय हिसाब अनुसार यो वर्ष रमादान महिनाको पहिलो दिन मार्च १ तारिक शनिबार पर्ने घोषणा भएको हो।

रमादान महिना टुंगो लाग्ने चन्द्रमा फेब्रुअरी २८, शुक्रबारको दिन बिहान ३:४५ बजे देखिने दुई कार्यालयले जारी गरेको संयुक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

यद्यपि चन्द्रमा अवलोकन गरेर मात्र अकफ तथा इस्लामी मामिला मन्त्रालयले अन्तिम निर्णय गर्ने रिपोर्टमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button