टीओडीका आधारमा बक्यौता उठाउने र काटिएको लाइन भोलि १२ बजेसम्म जोड्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, कात्तिक २४-

सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा बिजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेका उद्योगीहरुसँग १५ दिनभित्रको टीओडी मिटर बमोजिम वक्यौता असुल गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button