कतार अडिसनबाट १० जना छानिए

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को कतार अडिसन सकिएको छ ।

शुक्रबार आइडियल ईन्डियन स्कुलमा भएको अडिसनमा दुई विधा मार्फत ५/५ जनालाई छनौट गरिएको छ । गायक डम्बर नेपाली र वीरेन्द्र श्रेष्ठको निर्णायकमा गायनतर्फ सहभागी भएका ६० प्रतिस्पर्धी मध्ये जुन प्रसाई ,इशान रेग्मी, रामहरि विक, विकास थापा र उमेश वाइबा उत्कृष्ट ५ मा पर्न सफल भए ।

त्यस्तै नृत्यतर्फ शंकर वि.सी र भबिन तामाङको निर्णायकमा सहभागी ११ प्रतिस्पर्धी मध्ये शान्ति वली, कोशेली रोका मगर, सुमिता तामाङ, सुस्मिता रोका मगर र अञ्जलि परियार (सुधा) छनौट भएका छन् ।

विभिन्न देशको अडिसन मार्फत छनौट भएका जम्मा २४० जनालाई आयोजकले आफ्नै खर्चमा थप प्रतिस्पर्धाका लागि काठमाडौं लानेछ । दुबै शो को विजेताले जनही १ करोड रुपैयाँ नगद पुरस्कार पाउनेछन् । शो नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button