कतारमा भोलि देखि लाज शरणम् प्रदर्शन हुने

कमेडी जनरामा निर्माण भएको नेपाली कथानक चलचित्र लाज शरणम् भोलि देखि कतारमा प्रदर्शन हुने भएको छ ।
चलचित्र एसियन टाउन सिनेमा,मल अफ कतार,शुक वकिफ,अल खोर,भिलाजियो,जेरो वान मलमा प्रदर्शन हुने अन्तर्राष्ट्रिय वितरक सेभेन सिजले जानकारी गराएको छ ।
चलचित्रको ‘नेपाल हाँसेको’ बोलको गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको स्वर, सङ्गीत र शब्द रहेको छ ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।