रमादान महिनाभर एक हजार भन्दा बढी सामानमा छुट

रमादान महिनाका लागि एक हजार भन्दा बढी दैनिक उपभोग्य खाद्य तथा अन्य सामग्रीहरूको मूल्य घटेको छ । अर्थ तथा वाणिज्य मन्त्रालयले एक सूची सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सामानको मूल्य रमादान महिनाको अन्तिम दिन सम्मका लागि लागू हुनेगरी घटेको हो ।
त्यस्तै यो देशभरका प्राय सपिङ कम्प्लेक्सहरुमा लागू भएको छ । मूल्य घटेको सामग्रीहरू सपिङ कम्प्लेक्स अगाडि राखिएको होडिङ बोर्ड र मन्त्रालयको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
पूरा सुची हेर्न यहाँ थिच्नुहोस ।
गत ९ वर्ष देखि चल्दै आएको अभियान पालनाको निश्चित गर्न मन्त्रालयको विशेष टोलीले महिनाभर निरीक्षण गर्ने र नियम मिच्नेलाई मन्त्रालयले कारबाही गर्ने बताएको छ। नियम उल्लंघन गर्ने कम्प्लेक्सहरुलाई उजुरी गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
कहाँ उजुरी गर्ने ?
ईमेल – info@mec.gov.qa
एक्स – @MEC_QATAR,INSTRUCTIONS MEC_QATARhttps://x.com/MOCIQATAR