६ घन्टा भन्दा बढी काम लगाउन नपाउने

रमादान महिनाभर कार्य अवधि ६ घन्टा बनाउन सरकारले निर्देशन दिएको छ ।
कतारको श्रम मन्त्रालयले यस महिनाभर निजी क्षेत्रका कम्पनीहरुलाई साबिककै तलबमा कार्य अवधि दैनिक ६ घन्टामा झार्न भनेको हो । सो अवधिमा सम्बन्धित कर्मचारीहरु आकस्मिक निरिक्षणमा आउने र नियम पालना नगर्ने कम्पनीहरुलाई कारबाही समेत गरिनेछ ।
On the occasion of the blessed month of Ramadan, the Ministry of Labour announces that during this holy month, working hours in private sector institutions will be limited to 36 hours per week and 6 hours per day at most, in accordance with the Labour Law.#Molqtr pic.twitter.com/yIqZo5153n
— وزارة العمل (@MOLQTR) February 27, 2025
कानुनमा के छ ?
कतारमा रमादानको समयमा वर्त बस्ने तथा नबस्ने दुबै श्रमिकहरुलाई हप्तामा ३६ घन्टा भन्दा बढी काम लगाउन नपाउने श्रम कानुनको धारा ७३ मा उल्लेख गरिएको छ ।
नियम सुपरभाइजर,क्लिनर,सुरक्षा गार्ड,अस्पतालका कर्मचारी तथा अत्यावश्यक कार्यक्षेत्रका कर्मचारीहरु बाहेक सबैमा लागू हुनेछ ।
अन्यलाई दिनको ६ घन्टा भन्दा बढी काम लगाउन परेको खण्डमा साबिकको तलब अनुसार २५ प्रतिशत प्रति घन्टाले श्रमिकहरुलाई बढी भुत्तानी गर्नुपर्ने र १० घन्टा भन्दा बढी काम लगाउन नपाउने मन्त्रालयले बताएको छ ।
उजुरी
नियम उल्लघंन गर्ने कम्पनीहरुलाई उजुरी गर्न मन्त्रालयको फोन नं ४०२८८८८८ र सामाजिक सञ्जाल फेसबुक र एक्स मार्फत सम्पर्क गर्न मन्त्रालयले आग्रह समेत गरेको छ ।