कतारमा नेपाली समुदायले पनि मनायो अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

यस बृहत् कार्यक्रममा नेपाली समुदायको उपस्थिति का निम्ति कतार कतार रेडक्रेसेन्टमा नेपाली स्वयंसेवक सेवक तथा कम्युनिटीको अर्डिनेटर प्रोफेसर मोहम्मद रमजान अलि मियाँले कतार रेडक्रेसेन्ट सँग समन्वय गरेका थिए भने एनआरएन ए – एन सि सी कतारले, कतारमा रहेका भिभिन्न नेपाली संघ संस्थाहरु सँग समन्वय गर्ने कार्य गरेको थियोे र नेपाली महिला समाज कतार प्रवासी नेपाली मन्च कतारले पनि समन्वयकारी भुमिका निर्वाह गरेका थियो ।
एनआरएनए-आइसि सी संरक्षक डा. देवकाजी डङ्गोल, एनआरएन-एनसिसि युवा सम्योजक माया केसी ,कार्यवाहक अध्यक्ष तेज कटुवाल ,महासचिव बुधवल गुरुङ्ग ,प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल,पुर्व अध्यक्ष रामहरी गैह्रे ,महिला समाज कतारकी उपाध्यक्ष अमीना खान ,महासचिव अम्बिका खत्री, बसन्त फिल्म्सका ईश्वर काफ्ले, व्यवशायी तथा समाजसेवी रमेश भट्ट लगायत संचारकर्मी रबि भट्ट रोषि, महेश्वोर नेपाल, यम पि पोख्रेल, टेक राज थापा लगायत अन्य व्यक्तित्व हरुको कार्यक्रममा उलेख्य उपस्थिति रहेको थियो।
१.५ किलो मिटर म्याराथुन मा ईश्वर काफ्ले, निमा भुसाल र टेक राज थापा र त्यस्तै खिम राना, इमान सिङ ठकुरी, बुद्धी प्रसाद भण्डारी, राम हरी गैरेले १ किलो मिटर म्याराथुनमा भाग लिएका थिए ।