आइतवार इदको पहिलो दिन , मंगलवार सम्म विदा

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन भोलि आईतबार ३०  तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । यसको साथै इदको पहिलो प्राथना बिहान ५:४३ मा गरिने मन्त्रालयले बताएको छ ।

भोलि आइतबार देखि मंगलबार सम्म इद अल अल फित्रको अवसरमा कतारमा निजी क्षेत्रको कामदारले तीन दिन बिदा पाउने श्रम मन्त्रालयले बताएको छ । उक्त क्षेत्रलाई इदमा न्यूनतम तलब सहित तीन दिन बिदा पाउने श्रम कानूनको धारा ७४ मा पनि उल्लेख गरिएको छ। यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा काम लगाउँदा ओभरटाइम दिनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

 

इदको अवसरमा क्युएनखबरको तर्फ बाट सम्पूर्ण पाठकलाई हाम्रो शुभकामना।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button