मिना कर्निशमा पहिलोपटक मिना प्रि-ओन्ड बोट शो हुने

कतारको पुरानो दोहा बन्दरगाह (Old Doha Port) मा पहिलोपटक “मिना प्रि-ओन्ड बोट शो” आयोजना हुँदैछ। यो कार्यक्रम मे ५ देखि ७, २०२५ सम्म साँझ ५ बजे देखि ९ बजे सम्म मिना कोर्निशमा हुनेछ।
यस प्रदर्शनीमा २००७ पछि निर्मित प्रयोग गरिएका याट, सुपरयाट, माछा मार्ने डुंगा, जेट स्की र परम्परागत धो डुंगाहरू प्रदर्शित गरिनेछ। बिक्रेता र खरिदकर्ताहरूलाई एकै स्थानमा जोड्ने यो कार्यक्रमले कतारको समुद्री व्यवसायलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा मर्मत सेवा प्रदायकहरू र खाना तथा पेय पदार्थ स्टलहरू पनि रहनेछन्। साथै, समुद्री जीवनप्रति रुचि राख्ने सबैलाई यो अनौठो अनुभवमा सहभागी हुन आमन्त्रित गरिएको छ।