भारत–पाकिस्तानबीच संवाद गराउन कतारको पहल

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले भारत र पाकिस्तानका नेताहरूसँग फोनमा कुरा गरेका छन्।

कतारको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री अल थानीले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफसँग टेलिफोन संवाद गरेको जानकारी दिएको हो।

उक्त कुराकानीमा कतारी प्रधानमन्त्रीले हाल भारत र पाकिस्तानबीच बढिरहेको तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए। उनले दुबै देशलाई आपसी विवाद शान्तिपूर्ण वार्तामार्फत समाधान गर्न आग्रह गरेका छन्।

कतारले यस्ता विवादमा वार्ता र समझदारीबाट समाधान खोज्ने प्रयासमा सधैं सहयोग गर्ने बताए।

कतार हालसालै इजरायल–हमास द्वन्द्व र युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय समस्याहरूमा समेत मध्यस्थता गर्दै आएको छ। अब उसले दक्षिण एसियामा भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न पनि चासो देखाएको छ।

कतारको यो पहललाई शान्ति र संवादतर्फको सकारात्मक कदमको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
33
मनपर्‍यो
खुसी लाग्यो
162
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
Back to top button