भारत–पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति, सीमा क्षेत्रमा खुसीयाली

लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहेको भारत पाकिस्तानबीच अन्ततः पूर्ण युद्धविरामको सहमति भएको छ। दुबै देशका उच्च अधिकारीहरूले शुक्रबार साँझदेखि लागू हुनेगरी स्थल, आकाश समुद्रमा सबै प्रकारका सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिएका छन्।

भारतका विदेश सचिव विक्रम मिश्रिले पाकिस्तानी सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) सँगको फोनवार्तापछि पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन्। मिस्रीका अनुसार, यो सहमति भारतीय समय अनुसार शुक्रबार साँझ बजेबाट लागू हुनेछ। दुबै पक्षका डीएमजीओहरूलाई सहमति कार्यान्वयनको निर्देशन दिइसकिएको भने आगामी मे १२ मा फेरि संवाद हुने बताइएको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इशाक डारले पनि यो युद्धविराम आंशिक नभई पूर्ण सम्झौता भएको पुष्टि गरेका छन्। उनले जियो टेलिभिजनसँगको अन्तर्वार्तामा भारतसँगको सैन्य संवाद हटलाइन प्रणाली पुनः सक्रिय गरिएको जानकारी दिए।

यसबीच, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविराम सहमति घोषणा भएकोमा खुसी व्यक्त गरेका छन्। ट्रम्पले शुक्रबार राति अमेरिका, भारत पाकिस्तानबीच लामो छलफलपछि यो सहमति भएको दाबी गर्दै “कमन सेन्स” उत्कृष्ट बुद्धिमत्ताको प्रयोग गरेको भन्दै दुबै देशलाई बधाई दिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारतका विदेशमन्त्री एस. जयशंकर पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीरसँग छुट्टाछुट्टै छलफल गर्दै दक्षिण एसियामा शान्ति स्थापना सहकार्यको अपील गरेका थिए।

युद्धविरामको यो सहमतिलाई भारत–पाकिस्तान सम्बन्धमा सकारात्मक संकेतका रूपमा हेरिएको छ, सीमा क्षेत्रमा खुसीयाली छाएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button