नेपाली, भोजपुरी र मैथिली सांस्कृतिक उत्सव: ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुने

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी  प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन  एसियन टाउन अम्पिथिएटरमा आयोजना हुनेछ। कार्यक्रम साँझ ६:३० बजे बाट सुरु हुनेछ।

दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले ईदको उमङ्ग, भाइचाराको भावना र विविध सांस्कृतिक सौन्दर्यलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।

कार्यक्रममा भोजपुरी, नेपाली र मैथिली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको तगडा उपस्थिती रहनेछ। प्रमुख आकर्षणमा भोजपुरी सुपरस्टार केसरि लाल यादव रहनु हुनेछ, जसले आफ्नो दमदार प्रस्तुति मार्फत दर्शकलाई झुमाउनेछन्। साथै, अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, सन्नु कुमार, र अस्मिता अधिकारी लगायतका कलाकारहरू पनि कार्यक्रमको शोभा बढाउनेछन्।

यी कलाकारहरू आफैंमा विभिन्न पुस्ताका प्रतिनिधि हुन्। सिनेमामा उनीहरूको योगदान, सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता, र सजीव प्रस्तुती दिने क्षमता कार्यक्रमको उत्कृष्टता सुनिश्चित गर्छ। यस किसिमको आयोजनाले प्रवासी समुदायलाई आफ्नो भाषा, कला र संस्कृति प्रतिको गर्व अझ बलियो बनाउने विश्वास आयोजकहरूको रहेको छ।

टिकट दर र उपलब्धता

दर्शकहरूको पहुँचलाई ध्यानमा राख्दै विभिन्न वर्गको टिकट दर तोकिएको छ।

  • सिल्भर – ४० कतारी रियाल

  • गोल्ड – ७५ कतारी रियाल

  • VIP – १२५ कतारी रियाल

  • VVIP – २०० कतारी रियाल

  • रेड कार्पेट – ५०० कतारी रियाल

टिकटहरू लुलु हाइपर मार्केट, ग्रान्ड मल, सिटी एक्सचेन्ज लगायतका स्थानहरूमा उपलब्ध छन्, साथै अनलाइन Q-Tickets मार्फत पनि सजिलै खरिद गर्न सकिनेछ।

आयोजकले कार्यक्रमलाई सुरक्षित, पारिवारिक र उच्चस्तरीय बनाउन सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ। दोहाको सांगीतिक इतिहासमा एउटा कोशेढुङ्गा बनाउने लक्ष्यसहित, यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण प्रवासी समुदायलाई सहभागी हुन आमन्त्रण गरिएको छ।


📞 थप जानकारीको लागि:
+974 6000 8369 | +974 7779 4369

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
106
मनपर्‍यो
खुसी लाग्यो
10
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
Back to top button