साउदी अरेबिया,युएई र बहराइनले पनि गल्फ कप खेल्ने

साउदी अरेबिया , युएई र बहराइनले पनि गल्फ कपमा सहभागिता जनाउने भएको छ । यसबारे अरब गल्फ कप फुटबल संघले वेबसाईट तथा ट्विटर मार्फत छिमेकी राष्ट्रहरुले प्रतियोगितामा भाग लिने स्पष्ट पारेको हो । यसअघि तीन राष्ट्र बिना प्रतियोगिता सन्चालन गर्ने पक्का भैसकेको थियो ।

टीम थपिए संगै गल्फ कप नोभेम्बर २६ देखी डिसेम्बर ८ सम्म कतारको विभिन्न रंगशालामा आयोजना हुँदैछ ।

ती तीन राष्ट्रले प्रतियोगितामा भाग लिने भएपछि अरब गल्फ कप फुटबल संघले दोहामा यसै महिना देखि सन्चालन हुने प्रतियोगिता बारे छलफल गर्ने बेइन स्पोर्ट्सले जनाएको छ ।

यसको मतलब कतार , साउदी अरेबिया , युएई , बहराइन , इराक , कुवेत , ओमान र यमनले सबै आठ राष्ट्रले प्रतियोगितामा सहभागी जनाउने छ।

तीन पटक उपाधि जितिसकेको कतार यो बर्ष पनि दाबेदार टिम रहेको छ । कतारले यसै बर्षको सुरुवातमा एसियन कप जितेको थियो ।

प्रतियोगिताका लागि अनलाइन टिकट www.gulfcup2019.com र  देशको विभिन्न मल तथा आउटलेटहरुमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button