कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्यो

कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

कतारले आफ्नो नागरिक, बासिन्दा र पर्यटकहरूको सुरक्षाको प्रतिबद्धताको रूपमा आफ्नो एयर स्पेस तत्कालका लागि बन्द गरेको भन्दै यहाँको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

इजरेल-इरानबीच चर्किएको द्वन्द्वको घटनाक्रमहरूको प्रतिक्रियामा सावधानी अपनाइएको मन्त्रालयले भनेको छ। केहि बेर अघि कतारस्थित अमेरिकी र बेलायती दूतावासहरूले आ-आफ्ना नागरिकहरूलाई अर्को सूचना नआउन्जेल सम्म सुरक्षित स्थानमा बस्न सूचना जारी गरेको थियो। त्यस्तै कतारमा भोलि प्राय विद्यालय बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
17
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
123
दुःख लाग्यो
रुन मन लाग्यो
16
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
8
रीस उठ्यो
Back to top button