कतारस्थित अमेरिकी बेसमा आक्रमण, क्षति शून्य : कतार

इरानले अमेरिकाद्वारा आफ्नो आणविक केन्द्रहरूमा गरिएको आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेस मा “शक्तिशाली र विनाशकारी” क्षेप्यास्त्र आक्रमण गरेको छ भन्ने जानकारी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले दिएको छ।

इरानको सुरक्षा परिषद्ले आक्रमण निवास क्षेत्रहरूबाट टाढा गरिएको बताउँदै यो कारवाही कतारमाथि नभई अमेरिकी फौजमाथि लक्षित भएको दाबी गरेको छ। “कतार हाम्रो मित्र र दाजु राष्ट्र हो,” इरानी सुरक्षा निकायले जनाएको छ।

यसैबीच, कतारको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीमार्फत उक्त आक्रमण सफलतापूर्वक रोकिएको बताएको छ। घटनामा कुनै पनि मृत्यु वा घाइते नभएको पुष्टि गरिएको छ।

कतारको विदेश मन्त्रालयले भने यो कारवाहीलाई कतारको सार्वभौमिकता र हवाई क्षेत्रको स्पष्ट उल्लंघन भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले अन्तर्राष्ट्रिय कानुनअनुसार प्रत्यक्ष जवाफ दिने अधिकार कतारसँग सुरक्षित रहेको बताएका छन्।

हाल अमेरिकी उच्च अधिकारीहरू वाशिङ्टनस्थित सिचुएसन रूम मा स्थितिबारे निगरानी गरिरहेका छन्। सम्भावित अमेरिकी जवाफको प्रतीक्षा गरिएको छ।

Stringer/Reuters
Stringer/Reuters
Sorin Furcoi/Al Jazeera

Sorin Furcoi/Al Jazeera

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
75
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button