जुन २३ को दिन भएका ट्राफिक उल्लङ्घनलाई सरकारले मिनाह गर्ने

जुन २३ मा भएका ट्राफिक उल्लङ्घनलाई सरकारले मिनाह गर्ने भएको छ।

इरान इजरेल बीच भएको द्वन्दका कारण उक्त दिनमा कतारमा मिसाइल आक्रमणका कारण सिर्जित असाधारण अवस्थामा भएको उल्लङ्घनलाई पुरा छुट दिने आन्तरिक मन्त्रालयले आज एक विज्ञप्ति मार्फत बताएको छ ।

मन्त्रालयले यो छुट केवल तोकिएको दिनमा भएका उल्लंघनका लागि मात्र लागू हुने एक पटकको विशेष व्यवस्था भएको पनि स्पष्ट पारेको छ। साथै मन्त्रालयले ट्राफिक नियम-कानून निरन्तर पालना गर्न र सडक प्रयोगकर्ताको अधिकारको सधैं सम्मान गर्नुपर्ने आवश्यकतामा पुन जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
73
मनपर्‍यो
खुसी लाग्यो
55
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button