विश्वकप हेर्न आउने नेपालीलाई के-के कागजपत्र चाहिन्छ ?

विश्वकप प्रतियोगिता सुरु हुन तीन हप्ता भन्दा कम समय रहँदा कतारले हिजो देखि दर्शक स्वागत गर्न सुरु गरिसकेको छ ।
हिजो देखि लागू भएको नियम अनुसार विश्वकप हेर्न आउने दर्शकलाई हय्या ईन्ट्री परमिट मात्र आवश्यक पर्ने आन्तरिक मन्त्रालयले बताएको छ ।
गएको हप्ता मन्त्रीपरिषदको बैठकद्वारा पारित भएको निर्णय बमोजिम दर्शकले कतार आउँदा कुनै पनि किसिमको कोरोना परिक्षण गर्नुपर्दैन । त्यस्तै एह्तेराज एपमा पुर्व दर्ता ,अनिवार्य मास्कको नियम,भ्याक्सिनको प्रमाणपत्र लगायतको नियम खारेज भैसकेको छ ।
यद्यपि देशभरको निजि तथा सरकारी स्वास्थ्य केन्द्रमा जादा मास्क र एह्तेराज एप प्रयोग गर्नुपर्ने नियम अझै यथावत रहेको छ ।

विश्वकप हेर्न आउने नेपालीलाई के के कागजात आवश्यक छ ?
– आफ्नो इमेल आईडीमा प्राप्त भएको हय्या ईन्ट्री परमिटको राम्रोसंग बुझिने ए फोर साइजको कलर प्रिन्ट कपी ।
– टिकट र कम्तिमा ६ महिना म्याद भएको राहदानी ।