मिसाइलका टुक्रा देखिए तुरुन्त खबर गर्नुहोस : रक्षा मन्त्रालय र गृह मन्त्रालय

कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय (MoI) ले आज संयुक्त रूपमा सार्वजनिक विज्ञप्ति जारी गर्दै, हालैका दिनहरूमा ईरानी मिसाइल सम्बन्धी कुनै पनि अनौठो वस्तु वा टुक्रा देखिएमा तुरुन्त जानकारी दिन सबै नागरिक तथा बासिन्दालाई आग्रह गरेका छन्।

मन्त्रालयहरूले जनस्वास्थ्य तथा सुरक्षामा गम्भीर खतरा पुर्‍याउन सक्ने सम्भावनाका कारण यस्तो किसिमका सामग्रीहरूलाई केवल सम्बन्धित विशेषज्ञ र निकायहरूले मात्र ह्याण्डल गर्नुपर्ने स्पष्ट पारेका छन्।

सार्वजनिक चेतावनीमा भनिएको छ कि यस्ता वस्तुहरू छुनु वा नजिक जानु अत्यन्त जोखिमपूर्ण हुन सक्छ, त्यसैले त्यसो नगर्न सबैलाई अनुरोध गरिएको छ।

यदि कसैले यस्ता शंकास्पद वस्तु वा टुक्राहरू देखेमा, त्यसलाई नछुने, नजिक नजाने र तुरुन्तै हटलाइन नम्बर 40442999 मा खबर गर्न मन्त्रालयहरूले निर्देशन दिएका छन्।

सरकारले ढुक्क गराउँदै भनिएको छ कि सबै जानकारीहरू विशेषज्ञ टोलीद्वारा सावधानीपूर्वक, पूर्वनिर्धारित प्रक्रियाअनुसार हेरिनेछन्।

जनताको सुरक्षाका लागि सतर्कता जरुरी छ — जानकारी दिनुहोस्, सुरक्षित रहनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
15
मनपर्‍यो
खुसी लाग्यो
104
खुसी लाग्यो
दुःख लाग्यो
12
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
24
रीस उठ्यो
Back to top button