कतारको सडकमा अब स्वचालित ट्याक्सी, परीक्षण चरण सुरु

कतारमा पर्यटक तथा सेवा मार्गहरूमा चल्ने स्तर ४ स्वचालित विद्युतीय ट्याक्सीको परीक्षण मोवासालात (कार्वा) द्वारा सुरु गरिने मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

यो परीक्षण कार्यक्रम दुई चरणमा हुनेछ। पहिलो चरणमा कुनै यात्रु विना, विज्ञ टोलीको निगरानीमा ट्याक्सीहरू सञ्चालन गरिनेछ। दोस्रो चरणमा भने यात्रुहरू सवार हुनेछन् तर चालक नरहनेछन्—पूर्ण रूपमा स्वचालित रूपमा। परीक्षण सन् २०२६ को पहिलो त्रैमासिकसम्म जारी रहनेछ, जसमा प्रविधिको कार्यक्षमता, सुरक्षामूलक मापदण्ड, तथा नियम–कानुनको तयारी मूल्याङ्कन गरिनेछ।

कार्वा र यातायात मन्त्रालयले परीक्षण मार्गहरूको स्क्यानिङ र तयारीको काम सँगै गर्नेछन्। यस परीक्षण परियोजनाले अघिल्लो स्वचालित इ-बस परियोजनाको सफलतालाई थप अगाडि बढाउने उद्देश्य राखेको छ।

यो प्रयास कतारको “स्मार्ट मोबिलिटी” पहल तथा यातायात मन्त्रालयद्वारा विकास गरिएको स्वचालित सवारी रणनीतिको भाग हो, जसले प्रविधिमैत्री र वातावरणमैत्री यातायात प्रणाली निर्माण गर्न योगदान पुर्‍याउनेछ।

प्रत्येक रोबोट्याक्सीमा ६ वटा मध्यम तथा लामो दूरीका क्यामेरा, ४ वटा राडार सेन्सर र ४ वटा लिडार उपकरण जडान गरिएको छ, जसले सटीक पहिचान, सुरक्षा र सन्तुलनमा सघाउँछ।

कतारमा स्मार्ट सहर निर्माण र आधुनिक यातायात प्रणालीको दिशामा गरिएको यो कदम भविष्यका लागि एक महत्वपूर्ण मोड सावित हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
41
मनपर्‍यो
खुसी लाग्यो
150
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button