कामदार मागमा अब दूतावासको सिफारिस अनिवार्य

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो।
वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारदाताको कामदार मागपत्र प्रमाणीकरणका लागि गन्तव्य मुलुकस्थित नेपाली दूतावास र कामदार माग्ने देशको चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको सिफारिस हुनुपर्ने व्यवस्था गरे पनि मेनपावर कम्पनीले प्रमाणीकरण नोटरी पब्लिक र चेम्बर अफ कमर्सबाट मात्र गराउँदै आएका थिए ।
दूतावासले अनलाइनमार्फत् गरेको सिफारिस आधारमा मात्र विभागले पूर्वस्वीकृति दिने निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले पेस गरेको वैदेशिक रोजगार मागपत्र जाँचबुझ निर्देशिका सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पास गरेको छ
। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ ।