दूतावासको राहदानी सेवामा सुधार देखियो

कतारस्थित नेपाली दूतावासको कार्यालयमा हुने राहदानी सेवामा उल्लेखनीय सुधार आएको छ ।
केहि समयअघिसम्म बिचौलियाको सहायता लिएर मात्र पाइने राहदानी एपोइन्टमेन्ट बुकिङ अहिले हरेक दिन सजिलै पाउन सकिन्छ । त्यस्तै तोकिएको दिनको सेवाग्राहीले मात्र सेवा पाउने हुँदा हिजोआज दूतावासमा भिडभाड पनि कम भएको छ ।
दूतावासको पछिल्लो अवस्थामा राहदानी फारम बुझाउन, बायोमेट्रिक गर्न र शुल्क बुझाउने लगायतको सम्पुर्ण प्रक्रिया पूरा गर्न बढीमा दुई घन्टा र एक महिना भित्र तयार भई आउने राहदानी लिन बढीमा १० मिनेट भन्दा कम समय लाग्दछ ।