नाइनस्टार फुटबल : पहिलो दिनमा तीन खेलहरु सम्पन्न

नाइनस्टार फुटबल क्लब दोहाको आयोजनामा पहिलो नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनमा भएको खेलमा आयोजक नाइनस्टार,एभरेष्ट एफसी र सिसिसीएनपी क्लब विजयी भएका छन् ।
उद्घाटन खेलमा नाइन स्टार एफसीले एनवाइएफसीलाई टाईब्रेकरमा ५ का विरुद्ध ३ गोलले हराएको छ । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि टाईब्रेकरमा नाइन स्टार विजयी बनेको हो । खेलमा नाइन स्टारका बिनोद गुरुङ म्यान अफ दि म्याच भए ।
दोस्रो खेलमा एभरेष्ट एफसीले समृद्धि एफसीलाई १–० को अन्तरले पराजित गर्यो । एभरेष्टको जितमा खेलको उत्कृष्ट खेलाडी बनेका बिवश मगरले एक मात्र निर्णायक गोल गरेका थिए ।
त्यस्तै तेस्रो खेलमा सीसीसी एनपी एफसीले लाखे ब्वाईज एफसीलाई २–१ ले हराउन सफल भयो । सीसीसी एनपीका लागि जिवन मगर र कृष्ण गुरुङले गोल गरे । लाखे ब्वाईजका लागि सागर बजियमले एक गोल फर्काएका थिए । खेलमा सीसीसी एनपीका मोहन गुरुङ म्यान अफ दि म्याच बने ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी झापा एफसीका अध्यक्ष, युवा खेल अभियन्ता तथा समाजसेवी अर्पन बिक्रम खड्काले गरेका थिए । सो अवसरमा आयोजक नाइन स्टार फुटबल क्लबका अध्यक्ष कमल थिङ लामा, सचिव युकेश लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियालसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक प्रबिन राईले जानकारी दिए । कुल २१ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल आउँदो अक्टुबर ३ तारीखका दिन हुने समेत संयोजक राईले बताए ।