कतारमा ‘कीता’को डेब्यु, नयाँ प्रयोगकर्तालाई भौचर, सबैलाई निःशुल्क डेलिभरी

चीनको प्रमुख अन-डिमान्ड डेलिभरी कम्पनी मेइचुवान अन्तर्गतको अन्तर्राष्ट्रिय शाखा कीता (Keeta) ले आजदेखि कतारमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ। सेवा सुरु भएको अवसरमा कम्पनीले नयाँ प्रयोगकर्ताहरूलाई QR २०० बराबरको स्वागत भौचर दिनेछ भने सबै प्रयोगकर्ताहरूले बिना कुनै सदस्यता शुल्क निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन्।
कीता (Keeta) ले कतारमा प्रवेश गर्दै छिटो, भरपर्दो र किफायती खाना डेलिभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। कम्पनीले प्रयोगकर्तालाई समयमै खाना डेलिभरी, निरन्तर निःशुल्क डेलिभरी, र स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारहरूको विविधता उपलब्ध गराउने बताएको छ।
कीता कतारकी महाप्रबन्धक जेन लियु ले एक वक्तव्यमा भनिन्, “कतारको समृद्ध खाद्य संस्कृति र डिजिटल प्रविधिप्रतिको दूरदर्शी सोचले हामीलाई यहाँ सेवा विस्तार गर्न प्रेरित गरेको हो। हामी मेइचुवानको विश्वस्तरीय प्रविधि र सञ्चालन क्षमताको प्रयोग गर्दै कतारमा डिजिटल सेवाको पहुँच विस्तार गर्न चाहन्छौं। कीता मार्फत हामी कतारको भिजन २०३० मा पनि योगदान गर्न उत्साहित छौं।”
सेवाको आरम्भसँगै कीता (Keeta) ले कतारका चर्चित रेस्टुरेन्टहरू — करक मकानिस , जोलिबी , फ्ल्याट ह्वाइट स्पेशाल्टी कफी लगायत थुप्रै स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग सहकार्य गरेको छ। यसले प्रयोगकर्तालाई परम्परागत कतारी खाना देखि विश्वप्रसिद्ध स्वादसम्म घरमै अर्डर गर्न सक्ने सुविधा प्रदान गर्छ।
यसअघि हङकङ र साउदी अरेबियामा सेवा सुरु गरिसकेको कीता (Keeta) ले अब कतारमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदैछ। मेइचुवानको प्रविधिको सहायताले कीता दैनिक १५ करोड अर्डरहरू व्यवस्थापन गर्न र ७७ करोडभन्दा बढी प्रयोगकर्ताहरू सेवा दिन सक्षम छ। यही प्रविधिमा आधारित बुद्धिमानी डेलिभरी प्रणालीले समयमै ताजा खाना पुर्याउने सुनिश्चितता दिन्छ।
कम्पनीले स्थानीय व्यवसाय र समुदायलाई सशक्त बनाउने आफ्नो दीर्घकालीन लक्ष्य दोहोर्याउँदै, कीताले साना तथा ठूला स्थानीय रेस्टुरेन्टहरूलाई डिजिटल माध्यममार्फत नयाँ ग्राहकसम्म पुग्न, बिक्री वृद्धि गर्न, र ग्राहकसँग सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने जनाएको छ।
जेन लियु भन्छिन्, “हामी केवल खाना डेलिभर गर्ने सेवा होइन, प्रयोगकर्ता-केंद्रित डिजिटल अनुभव दिन चाहन्छौं। हाम्रो उद्देश्य कतारको डिजिटल अर्थतन्त्रको विकासमा सहकार्य गर्ने, र यहाँका उपभोक्तालाई दैनिक जीवन सरल र रमाइलो बनाउने हो।”
थप जानकारी वा सेवा प्रयोग गर्नका लागि, कीता Keeta एप अब एप्प स्टोर र गुगल प्ले स्टोर मा उपलब्ध छ।