नकआउट फुटबल : आयोजक सेतो,सालिक तालाबात,न्यु स्टार र सिएफसी ब्लु विजयी

नाइनस्टार फुटबल क्लब दोहाको आयोजनामा भैरहेको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा आयोजक सेतो,सालिक तलाबात,न्यु स्टार र सिएफसी ब्लु क्लब विजयी भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा आयोजक नाइन स्टार एफसी सेतोले सुनसरी एफसीलाई २-० गोलले हराएको छ । आयोजकको जितका लागि पारस तामाङ र विशाल गुरुङले एक एक गोल गरेका थिए । खेलमा नाइन स्टारका समीर थारु म्यान अफ दि म्याच भए ।

दोस्रो खेलमा युनाइटेड युथ एफसीलाई सालिक तालाबातले ट्राइब्रेकरमा ४-२ ले पराजित गरेको थियो । विजेता टिमका गोलरक्षक अशोक मौरती खेलको उत्कृष्ट बने।

त्यस्तै तेस्रो खेलमा न्यु स्टार एफसीले बिर्कत अल अवामेर एफसीलाई ३-० ले हराउन सफल भयो । न्यु स्टारको जितका लागि सुरज मेचे ,सन्देश लिम्बु र खगेन लिम्बुले एकएक गुरुङले गोल गरे । बिर्कतका सुरेन्द्र चौधरीले सान्त्वना गोल फर्काएका थिए । खेलमा सन्देश लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

शुक्रबारको अन्तिम खेलमा सिएफसी ब्लुले हिमालयन एफसीलाई हराएको थियो । निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि ट्राइब्रेकरमा पुगेको खेलमा सिएफसीले हिमालयनलाई ५-४ गोलले हराएको हो । खेलमा सिएफसीका केशव बिक उत्कृष्ट ठहरिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button