कतारमा प्रदर्शन गरे हुनसक्छ ६ महिनासम्मको जेल सजाय

नेपालमा राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा युवा पुस्ताले गरेको सडक आन्दोलनका क्रममा प्रहरीले घातक बल प्रयोग गर्दा हिजो काठमाण्डूमा १७ सहित कम्तिमा १९ जनाको मृत्यु भएको छ । आज देसो दिन पनि आन्दोलन झनै चर्किएको र आन्दोलनकारीहरुले हाल विभिन्न राजनीतिक नेताको निवास र पार्टी कार्यालयहरुमा आगो लगाएका छन् ।

कतारमा नेपालको सरकार विरुद्ध प्रदर्शन गरे के हुन्छ ?

नेपालमा भइरहेको देशव्यापी आन्दोलनको लहर कतारमा रहेका आप्रवासी नेपालीहरूमाझ पनि देखिएको छ। तर कतारको कडा कानुनका कारण यहाँ प्रदर्शन वा जुलुस गर्न खोज्नु गम्भीर जोखिम बन्न सक्छ।

कतारको “सार्वजनिक सभा तथा प्रदर्शनसम्बन्धी ऐन नं. १८, २००४ अनुसार कुनै पनि प्रदर्शन गर्नुअघि कम्तीमा ७ दिनअघि गृह मन्त्रालयबाट अनुमति लिनैपर्ने हुन्छ । अनुमति बिना गरिएको प्रदर्शनलाई यहाँ “अवैध” ठहर गरिन्छ। यद्यपि आप्रवासीका लागि यस्ता अनुमति लगभग असम्भव जस्तै छ ।

यस ऐनअनुसार नियम उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तीमा ६ महिनाको जेल सजाय वा ५०,००० कतारी रियालसम्मको जरिवाना हुन सक्छ।

पछिल्लो घटनाक्रम हेर्दा गत मार्च २०२५ मा कतारमा फिलिपिन्स सरकार विरुद्ध भएको प्रदर्शनमा सहभागी १६ देखि १७ जना फिलिपिन्सका आप्रवासी श्रमिकहरू पक्राउ परेका थिए। कूटनीतिक पहलपछि उनीहरू रिहा भए पनि तत्काल डिपार्ट गरिएको थियो ।

यसैले नेपालका घटनाबाट प्रभावित भई कतारमा प्रदर्शनमा उत्रन खोज्नु आप्रवासी नेपालीका लागि कानूनी सजाय मात्र होइन, रोजगारी र बसाइँ दुबै गुमाउने खतरा हुनेछ । हाल सामाजिक संजाल मार्फत सुरक्षित तरिकाले आफ्नो विचार राख्नु नै उपयुक्त हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button