इजरेली आक्रमणमा एक कतारी सुरक्षा बलका सदस्यको ज्यान गयो

कतारमा आज भएको इजरेली आक्रमणमा परि एक कतारी सुरक्षा बलका सदस्यको ज्यान गएको छ ।

गृह मन्त्रालयले जारि गरेको विज्ञप्तिको प्रारम्भिक विवरणअनुसार आक्रमणमा कतारको आन्तरिक सुरक्षा बल (लेख्विया) का वारन्ट कर्पोरल बद्र साद मोहम्मद अलहुमैदी अलदोसारी आफ्नो ड्युटीकै क्रममा शहीद भएका छन् । साथै अन्य केही सुरक्षाकर्मीहरू घाइते भएको पुष्टि गरिएको छ।

मन्त्रालयका अनुसार आन्तरिक सुरक्षा बलको विस्फोटक इकाइमार्फत घटनास्थलको सर्वेक्षण, सुरक्षा र नियन्त्रणका कार्य जारी छन्। यस्ता घटनामा अपनाइने स्वीकृत योजनाअनुसार आवश्यक फिल्ड प्रक्रिया कार्यान्वयन हुँदैछ, जसले उच्च दक्षताका साथ परिस्थितिलाई नियन्त्रणमा राखिएको जनाएको छ।

गृहमन्त्रालयले आन्तरिक सुरक्षा बलसँगको सहकार्यमा पछिल्ला घटनाक्रमलाई नजिकैबाट निगरानी गरिएको र नागरिक तथा बासिन्दाको सुरक्षा नै सधैं शीर्ष प्राथमिकता हुने भन्दै आवश्यक सबै कदम चालिएको प्रष्ट पारेको छ।

विभिन्न अन्तरास्ट्रिय समाचारको श्रोत अनुसार हमास समुहका अन्य पाँच जनाको पनि ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
32
दुःख लाग्यो
रुन मन लाग्यो
12
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button