चल्न थाले लामो दुरीका यात्रुबस

गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्। जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।

लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो।

हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन्। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button