काठमान्डु गुर्खाजको कप्तान करण

काठमाडौं,मंसिर १७-

करण केसीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजको कप्तानी गर्ने भएका छन् । गुर्खाजले आइतबार आफ्नो समाजिक सञ्जाल मार्फत कप्तान र उपकप्तानको घोषणा गरेको थियो । टोलीको उपकप्तानमा नामिबियाका कप्तान जेरहार्ड इरसमस रहेका छन् ।

गुर्खाजले सोमबार चितवन राइनोजविरुद्ध खेल्दै एनपीएलको सुरुआत गर्नेछ । गुर्खाजले करणलाई ‘मार्की’ खेलाडीको रुपमा लिएको थियो । करणले यसअघि धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र नेपाल टी–२० लिगमा विभिन्न फ्रेन्चाइज टोलीको कप्तानी गरिसकेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button